रसुवा - प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिए ।
आचार्यका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गर्दै दोस्रो हुनुभयो भने नेकपा (एमाले)का प्रेम तामाङले चासर हजार ६८८ मत प्राप्त गरी तेस्रो भए ।
उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले एक हजार ४५३, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले ९५३, नेशनल मंगोल अर्गनाइजेसनका विनोद थिङले ४७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले ६०, नेकपा (माओवादी विप्लव) का होमप्रसाद आचार्यले ५० मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्मो तामाङले १० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले १२, सागर लामाले ११ र मिङ्मर तामाङले तीन मत प्राप्त गरे ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताए । उनले तत्काल आवश्यक योजनाहरू पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रसुवा-१ बाट मोहन आचार्य विजयी, अरुको मत कति ?
मोहन आचार्य (नेपाली कांग्रेस) = 10,656
बसन्त भट्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) = 5,571
प्रेम बहादुर तामाङ (नेकपा_एमाले) = 4,688
मान बहादुर तमाङ (उज्यालो नेपाल पार्टी) = 1,453
माधव प्रसाद लामिछाने (नेपाली कम्युनिष्ट पार्टी) = 953
विनोद थिङ (मंगोल नेशनल अर्गनाइजेसन) = 474
हरि प्रसाद घिमिरे (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 52
होम प्रसाद आचार्य (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 46
चित्रकुमारी देवकोटा (स्वतन्त्र) = 11
सागर लामा (स्वतन्त्र) = 10
दावा साङ्बो तामाङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 2
दावा मिङमर तामाङ्ग (स्वतन्त्र) = 0
जम्मा मतदाता : ४१४७० (२११४१ पुरुष र २०३२९ महिला)

