काठमाडौं - तेह्रथुममा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरेका छन्। यससँगै ढकाल ९३३ मतान्तरले पराजित भएका हुन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्की तेस्रो स्थानमा रहे। उनले ७ हजार ७३७ मत प्राप्त गरेका छन्।
त्यस्तै श्रम संस्कृति पार्टी का उम्मेदवार सुबेन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन्।
तेह्रथुम - १ मा कांग्रेसका सन्तोष सुब्वा विजयी, अरुको मत कति ?
सन्तोष सुब्वा (नेपाली कांग्रेस) = 11,561
भानुभक्त ढकाल (नेकपा_एमाले) = 10,682
सुरेन्द्र कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) = 7,737
सुविन्द्र कुमार लिम्वु (श्रम संस्कृति पार्टी) = 5,200
रनध्वज लिम्वु (नेपाली कम्युनिष्ट पार्टी) = 919
उषा लक्ष्मी तुम्वाहाङफे (राष्ट्रिय परिवर्तन पार्टी) = 283
शंकर मान लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 136
होमभक्त लिम्बु कुरुम्वाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 125
कुमार लिम्बू (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 71
गंगा वहादुर चोङवाङ लिम्बु (मंगोल नेशनल अर्गनाइजेसन) = 41
सागर नाथ रेग्मी (नेपाल जनमुक्ति पार्टी) = 23
टंक प्रसाद भट्टराई (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी_पुष्पलाल) = 17
जम्मा मतदाता : ७३१३७ [३७६२७ पुरुष र ३५५१० महिला]

