धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर
काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ ।
आज साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थितती नियन्त्रणमा लिन ६ राउन्ड हवाइ फायर भएको छ ।
भडपमा दुई जना प्रहरी पनि घाइते भएका छन् । उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरेका कारण झडप भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ २१:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

