Harsamaya
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ
फाइल तस्बिर/ हर समय

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ मिठीपुलका २५ वर्षीय सुजन बडुवाल, महानगरपालिका–३२ महादेवस्थानका २४ वर्षीय युवराज भण्डारी, महानगरपालिका–३१ ठूलो भार्याङका २९ वर्षीय अनिल गुरुङ, गोङ्गबु नगरपालिका–६ का २४ वर्षीय सोहन खत्री छन्। 

यस्तै, ललितपुरको व्यासघाटका २० वर्षीय विकाश आचार्य, चन्द्रागिरि नगरपालिका–८ बलम्बुका २९ वर्षीय जितेन्द्र तामाङ, ककनी गाउँपालिका–३ का २५ वर्षीय राजेश तामाङ, नागार्जुन नगरपालिका–३ का ३२ वर्षीय प्रेम तामाङ, ककनी गाउँपालिका–५ का २५ वर्षीय सुशन तामाङ, चन्द्रागिरि नगरपालिका–७ का २५ वर्षीय सुरेश तामाङ छन्। 

यसैगरी, धुलिखेल नगरपालिका–११ का २५ वर्षीय सुशील गौतम, टोखा नगरपालिका–८ का २७ वर्षीय श्रीमान धापासी, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का २९ वर्षीय सविन राई र ललितपुर गोदावरी नगरपालिका–७ का २९ वर्षीय गोविन्दकुमार थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

police--1761665455.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update