Harsamaya
कात्तिक १० : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनार गौरी घाटमा तयार गरिएको छठ पूजा स्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

यसैगरी  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले थापाथली पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथली पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्न सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिइन् ।

सरकारको आग्रह: पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिनुहोस् 

सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व पूर्व सूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ ।

घरेलु मैदानमा भारतमाथि नेपालको जित

ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो । कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्दतमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

पाकिस्तान–अफगानिस्तान सीमामा झडप, ३० जनाको गयो ज्यान 

टर्कीको इस्तानबुलमा शान्ति वार्ता जारी रहँदा पाकिस्तान–अफगानिस्तान सीमामा झडप भएको छ । बङ्गलादेशको सञ्चार माध्यम डेली अब्जरबरका अनुसार पाकिस्तानको इन्टर–सर्भिस पब्लिक रिलेसन्सले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उक्त झडपमा पाँच पाकिस्तानी सैनिक र २५ विद्रोही लडाकु मारिएका छन् ।

नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update