 
                                                            नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा लागि सिफारिस गरेको हो ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
नेपाल प्रहरीमा ५ जना डीआईजी बढुवा सिफारिस
नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा लागि सिफारिस गरेको हो ।
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, श्रेष्ठ र सुनारका काण्डले शपथ ‘होल्ड’
नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् । मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ ।
कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको उनको उपचार क्रममा ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।
अमेरिकासँग नेपाल १०६ रनले पराजित
आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २,आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए । बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८.१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेर ६ विकेट लिए ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस




 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    