Harsamaya
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु
अमादब्लम हिमाल ।

काठमाडौं -  अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो ।  हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको उनको  उपचार क्रममा  ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।

यसैगरी ८ के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको  अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बिचमा मृत्यु भएको हो ।

दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update