नेपाल प्रहरीमा ५ जना डीआईजी बढुवा सिफारिस
काठमाडौं - नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा लागि सिफारिस गरेको हो ।
जसमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पचौँ नम्बरमा अविनारायण काफ्ले रहेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ २०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

