Harsamaya
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
थाई एशिया एयर ।

रुपन्देही - थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ ।

आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १:१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

उनका अनुसार एयरलाइन्सले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुई पटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update