Harsamaya
प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ।

काठमाडौं - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले थापाथली पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथली पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरी घाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update