सिराहाबाट २२० किलो लागू औषध गाँजा बरामद
शुक्रबार, असोज २४, २०८२
सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौ वटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ ।
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शुक्रबार, असोज २४, २०८२
मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक गरिएको थिएन ।
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
शुक्रबार, असोज २४, २०८२
छलफल शीतल निवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
शुक्रबार, असोज २४, २०८२
फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने छन्, जुन बन्द खाडी तथा साँघुरा जल सन्धिहरूमा अझ उच्च हुन सक्छन् ।”
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
शुक्रबार, असोज २४, २०८२
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माण स्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इन्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए ।
म्यानमारमा ४.२ म्याग्निच्युडको भूकम्प, पछिल्ला केही दिनयता लगातार धक्का
शुक्रबार, असोज २४, २०८२
लगातारका यी भूकम्पीय गतिविधिहरूले म्यानमारका दक्षिणी र मध्य भागमा भूगर्भीय अस्थिरता देखाएको बताइएको छ । अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
शुक्रबार, असोज २४, २०८२
युद्ध विराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्ध विराम लागु हुने अपेक्षा गरिएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, असोज २४, २०८२
गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६०...
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
शुक्रबार, असोज २४, २०८२
युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभई देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , ‘युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो । त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’
विपिन जोशीको स्थिति अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् जोशी
शुक्रबार, असोज २४, २०८२
पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । तर इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै
शुक्रबार, असोज २४, २०८२
यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मङ्सिर भित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।
मनसुनी वायु तथा स्थानीय वायु कमजोर हुँदै, दुई प्रदेशमा वर्षा
शुक्रबार, असोज २४, २०८२
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
ओरालो लाग्दै विदेशी मुद्राको विनिमय दर, डलर देखि दीनारसम्म कति छ भाउ
शुक्रबार, असोज २४, २०८२
युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ०० पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

-1760071188.jpg)