सिराहाबाट २२० किलो लागू औषध गाँजा बरामद
सर्लाही - सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिराहाले सिराहाको बलान खोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागू औषध गाँजा बरामद गरेको छ । गए राति जिल्लाको भागवतपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौ वटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

