Harsamaya
हर समय
हर समय
पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन खुला
पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन खुला कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।
४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । 
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तर पार्टी निर्देशनमा मङ्सिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।
मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था
मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर उपलब्ध गराइने विवरणमा मतदाताको व्यक्तिगत पहिचान खुल्ने संवेदनशील सूचना समावेश गरिने छैन ।
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औँ बैठक बस्दै छ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा ‘नेपाली कांग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो । 
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ।
Weather Update