Harsamaya
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज

काठमाडौं -  नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गरेको छ ।  पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । 

आज बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा ‘नेपाली कांग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो । 

बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update