Harsamaya
आज दुई संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसद् अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।

सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औँ बैठक बस्दै छ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।

यस्तै, बिहानको ११ः३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१६औँ बैठक बस्दै छ ।

बैठकमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

यस्तै, बैठकका लागि नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रित गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update