Harsamaya
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update