परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
बुधबार, पुस २४, २०८१

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने
बुधबार, पुस २४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै
बुधबार, पुस २४, २०८१
मण्डला थिएटरमा आगामी माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनका बारेमा आज यहाँ मण्डला थिएटर, चुलाचुली रङ्गमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा आधिकारिक घोषणा गरेका हुन् ।

महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
बुधबार, पुस २४, २०८१
शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख संकलन भएको छ ।
-1736338790.png)
सल्यानमा दिदीबहिनी मृत फेला
बुधबार, पुस २४, २०८१
सल्यानमा दिदीबहिनी मृत भेटिएका छन् । कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी नै बुधबार घरभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
बुधबार, पुस २४, २०८१
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
बुधबार, पुस २४, २०८१
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपालगञ्जमा मोमो महोत्सव हुँदै
बुधबार, पुस २४, २०८१
नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए ।...

संघीयता कार्यान्वयनका लागि कोशी सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव
बुधबार, पुस २४, २०८१
संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
बुधबार विराटनगरमा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलले संघीयता कार्यान्वयनका लागि तत्काल कोशी प्रदेश सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

जलमा आश्रित चराको गणना चितवनमा शुरू
बुधबार, पुस २४, २०८१
जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।

सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर
बुधबार, पुस २४, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।

परोहा नगरपालिकाले निःशुल्क बाँड्यो सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
बुधबार, पुस २४, २०८१
भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट वितरण गरिएको छ।
-1736334889.png)
भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु
बुधबार, पुस २४, २०८१
सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।
भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिएका हुन् ।
साताको लोकप्रिय