Harsamaya
सुनको मूल्य बढ्यो
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ । योसँगै एक तोला चाँदी किन्न पाँच हजार ८१० रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update