मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन
मंगलबार, फागुन १९, २०८२
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
मौन अवधिको पूर्व सन्ध्यामा ओलीको सन्देश : झापा ५ का मतदाताबाट अपार माया पाएको छु
मंगलबार, फागुन १९, २०८२
निर्वाचनमा मौन अवधि सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
मंगलबार, फागुन १९, २०८२
दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।
रामेछापमा भएको गाडी दुर्घटनाप्रति काँग्रेसका सभापति थापाद्वारा दुःख व्यक्त
मंगलबार, फागुन १९, २०८२
सभापति थापाले विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
तराईमा आज होली मनाइँदै
मंगलबार, फागुन १९, २०८२
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
मंगलबार, फागुन १९, २०८२
बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मौन अवधिमा मिडिया निगरानी कडाइँ : आचारसंहिता उल्लङ्घन गरे तत्काल कारबाही
मंगलबार, फागुन १९, २०८२
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आचारसंहिता उल्लङ्घनका घटनालाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण र लोककल्याणकारी विज्ञापन भुक्तानीको आधारका रूपमा समेत अभिलेखीकरण गरिने जानकारी दिए ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मंगलबार, फागुन १९, २०८२
युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
मंगलबार, फागुन १९, २०८२
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मान सम्मान र प्रतिष्ठा बढ्नेछ । हुनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।
फागुन १८ : आज रातिबाट मौन अवधि सुरु हुने देखि इरान–इजरायल युद्धको प्रभाव सम्म
सोमबार, फागुन १८, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
विश्व बजारमा अचानक तेल र ग्यासको मूल्य बढ्यो
सोमबार, फागुन १८, २०८२
आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
सोमबार, फागुन १८, २०८२
अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो ।
मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते
सोमबार, फागुन १८, २०८२
मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
साताको लोकप्रिय

