मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते
रुकुम पूर्व- जिल्ला सदरमुकाम रुकुमकोटमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते हुनुुभएको छ । दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२ २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

