Harsamaya
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण ।

काठमाडौं - साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । साउदीको रक्षा मन्त्रालयले दूतावासको भवनमा दुई वटा ड्रोनबाट आक्रमण गरिएको पुष्टि गरेको छ ।

दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ ।

दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।

शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update