Harsamaya
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं- आफ्नै श्रीमती ४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा  मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो । 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update