Harsamaya
हर समय
हर समय
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 
यस्तो छ,आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,आइतबारका लागि विदेशी मुद्राको विनिमयदर बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८६ रुपैयाँ १६ पैसा रहेको छ । 
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ?
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ? मेष  साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।
चैत २८ : सरकारलाई प्रचण्डको चेतावनी देखि अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर सम्म
चैत २८ : सरकारलाई प्रचण्डको चेतावनी देखि अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
नेकपाको निष्कर्ष: ट्रेड युनियन र विद्यार्थी संगठन खारेजी गलत 
नेकपाको निष्कर्ष: ट्रेड युनियन र विद्यार्थी संगठन खारेजी गलत  शनिबार (चैत २८) पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय कार्यसंयोजक समितिको बैठकबाट ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विपक्षमा उभिने निर्णय गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।
इस्लामावादमा अमेरिका–इरान वार्ताकै बिच ट्रम्पले दिए अर्को चेतावनी
इस्लामावादमा अमेरिका–इरान वार्ताकै बिच ट्रम्पले दिए अर्को चेतावनी ट्रम्पले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै केही सञ्चारमाध्यमले इरान जितिरहेको देखाउन खोजे पनि वास्तविकता त्यस्तो नभएको बताएका छन् । उनले आफ्नो प्रशासनका दाबी दोहोर्‍याउँदै इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, राडार, मिसाइल तथा ड्रोन उत्पादन संरचना धेरै हदसम्म नष्ट भएको उल्लेख गरेका छन् । साथै, इरानका लामो समयदेखिका नेतृत्वसमेत समाप्त...
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ‚’ अध्यागमन विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई गम्भीर घाइते
ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई गम्भीर घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल ‘जलवायु परिवर्तनले यस अन्तरसम्बन्धलाई अझ स्पष्ट र चिन्ताजनक बनाएको छ । नेपालमा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ’, उनले भने, ‘अर्कोतर्फ, हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाएर टापु राष्ट्रहरूलाई खतरा पुर्‍याइरहेको छ । नेपालले संयुक्त राष्ट्रसंघ र कोप सम्मेलनहरूमा यस विषयमा...
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ,’...
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ 
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ  'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'
Weather Update