कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
शनिबार, चैत २८, २०८२
उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ,’ महासचिव पोखरेलको भनाइ थियो ।
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ
शनिबार, चैत २८, २०८२
'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'
आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
शनिबार, चैत २८, २०८२
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार खोसिन लागेको कर्णालीका मुख्यमन्त्रीको आरोप
शनिबार, चैत २८, २०८२
कर्णाली सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको बताए । संविधान कार्यान्वयनमा ल्याइएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत सुधार हुन नसकेको उनको भनाइ छ ।
लहानमा निःशुल्क आँखा शिविरको प्रभाव-हजारौंलाई राहत, मोतिबिन्दुका बिरामीलाई घरसम्म सेवा
शनिबार, चैत २८, २०८२
सो क्रममा बिरामीहरूलाई जुस वितरण गर्दै सम्मानपूर्वक घर पठाइएको थियो । उपचारपछि बिरामीहरूलाई सहज रूपमा घरसम्म पु¥याउन नगर बसको व्यवस्था मिलाइएको थियो, जसले सेवाग्राहीहरूलाई थप सुविधा प्रदान गरेको स्थानीयहरूले बताएका छन् ।
पर्यटकीय गन्तब्य बन्दै झापाको इन्द्रेणी ताल
शनिबार, चैत २८, २०८२
दमकमा यस्तो ताल पनि छ भन्ने कुरा सायदै कमैलाई थाहा थियो । स्थानीय सरकारले बजेट विनियोजन गरी व्यवस्थापन गर्न खोजे पनि दीर्घकालीन र प्रभावकारी व्यवस्थापन हुन सकेको थिएन । तर अहिलेको अवस्था भने बिल्कुलै फरक छ ।
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
शनिबार, चैत २८, २०८२
समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए/नभएको, र कुनै अनियमितता भए त्यसमा कसको संलग्नता रहेको भन्ने विषयमा विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
शनिबार, चैत २८, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गर्दै ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको हो ।
चालिस वर्षमाथिका १२३ पुरुषले गराए प्रोस्टेट क्यान्सर परीक्षण
शनिबार, चैत २८, २०८२
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग र वडा नं. २२ तथा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उक्त शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले प्राविधिक सहयोग गरेको थियो । साथै नेपाल व्यापार संघ र लाइन्स क्लव अफ काठमाडौँ आश्था पुञ्जले सहकार्य गरेका थिए ।
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
शनिबार, चैत २८, २०८२
नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल र अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावको दोहोरो मार खेप्नुपरेको छ ।
शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समिक्षा सर्वोत्कृष्ट गायक गायिका
शनिबार, चैत २८, २०८२
संगीतका बादशाह संगीतरत्न बासकोटालाई नगद रु १ लाख १ रुपैयाँसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल
शनिबार, चैत २८, २०८२
शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
शनिबार, चैत २८, २०८२
सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।
साताको लोकप्रिय

