स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
काठमाडौं - सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

