ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
आइतबार, फागुन ४, २०८१
सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह
आइतबार, फागुन ४, २०८१
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि अनुसन्धान सुरु
आइतबार, फागुन ४, २०८१
जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।

पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु
आइतबार, फागुन ४, २०८१
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ ।

पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् ।
उनले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै अदालतको फैसलापश्चात निर्माण कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेट व्यवस्था गरिने उनले विश्वास दिलाए ।

तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्रीकेपी शर्मा ओलीले तराई मधेशका आयाेजना सधै सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् ।

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री ओली
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने स्पष्ट गरेका हुन् ।
-1739699774.png)
तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी
आइतबार, फागुन ४, २०८१
उनले वर्षमा सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानिएको छ ।

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
आइतबार, फागुन ४, २०८१
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।

१३ लाख किशोरीलाई लगाइयो एचपिभी खोप
आइतबार, फागुन ४, २०८१
अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै
आइतबार, फागुन ४, २०८१
उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
आइतबार, फागुन ४, २०८१
पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।

शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
आइतबार, फागुन ४, २०८१
कमलपोखरीस्थित सानदार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
साताको लोकप्रिय