कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
सिरहा - सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्। चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट बीआर ०७ एजेड ४२१५ को मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले पेस्तोल, गोली र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिई हतियारको स्रोत तथा उद्देश्यबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

