Harsamaya
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ४२ वर्षीया पारु सुनारको श्रीमान ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो।

कुटपिटबाट घाइते पारु र रणबहादुर दुवै जना बुधबार उपचारका लागि दोधाराचाँदनी नगर अस्पताल पुगेका थिए। उपचारकै क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update