Harsamaya
सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर 
- नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महर ।

काठमाडौं - नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् । 

उनले पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको बताए । महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे । 

उनले प्रदेशहरूमा नयाँ परिस्थिति र राजनीतिक शून्यताको अवस्था देखिएको भन्दै एमाले, कांग्रेस लगायतका कम्युनिष्ट पार्टीका नेतृत्वहरूले छिटोभन्दा छिटो छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा जोड दिए । 

महरले विशेष गरी सुदूरपश्चिम प्रदेशमा जनताका मुद्दामा केन्द्रित हुनुभन्दा आफ्ना व्यक्तिगत बिषयलाई प्राथमिकता दिएका समस्या उत्पन्न भएको बतए । 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update