Harsamaya
भोजपुरमा खुकुरी प्रहारबाट युवक गम्भीर घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भोजपुर - भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ च्याङ्ग्रेमा सामान्य विवाद झैँ–झगडामा परिणत हुँदा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब १० बजे स्थानीय २७ वर्षीय धनकुमार राईमाथि सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरेका हुन्। प्रहारबाट धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि धरान पठाइएको छ। घटनापछि प्रहरीले गणेशबहादुर राईलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update