आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
शनिबार, फागुन ३, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
शुक्रबार, फागुन २, २०८१
जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए ।

मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
शुक्रबार, फागुन २, २०८१
आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।

७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो
शुक्रबार, फागुन २, २०८१
सरकारको बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर छ । कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व असुली गरेको छ । सात महिनाको राजस्व सङ्कलन सुरुवाती लक्ष्यको...

बन्दीपुरमा ३ महिनामा भित्रिए १० हजारभन्दा बढी विदेशी पर्यटक
शुक्रबार, फागुन २, २०८१
प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौं र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् ।
-1739540670.png)
ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
शुक्रबार, फागुन २, २०८१
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो।

बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम
शुक्रबार, फागुन २, २०८१
बाँकेका केही स्थानीय तहहरू बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
शुक्रबार, फागुन २, २०८१
गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधान सेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन संसदीय समितिको निर्देशन
शुक्रबार, फागुन २, २०८१
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गर्न वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत
शुक्रबार, फागुन २, २०८१
केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तारहरु भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।

विराटनगरको शान्ति सुरक्षा खस्किँदो, शोरुम तोडफोड गरेर कार नै चोरी
शुक्रबार, फागुन २, २०८१
प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थल नजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो।

मन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन ठाकुरको निर्देशन
शुक्रबार, फागुन २, २०८१
बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

प्रेमी–प्रेमिका रिसाए ? यसरी फकाउनूहोस्
शुक्रबार, फागुन २, २०८१
एपमा प्रेमका मात्रै होइन फेसबुकमा राख्ने फोटो क्याप्सन, माया–प्रेमका कुरा, नीति ज्ञान, गीता कोट लगायतका धेरै जीवनपयोगी कुराहरू समावेश गरिएको कारण पनि यो सबैको लागि निकै उपयोगी हुनेछ। यो एप मोबाइलमा डाउनलोड गर्नुहोस्।
साताको लोकप्रिय