काठमाडौंका विभिन्न सडक डुबानमा
काठमाडौं - बिहीबार दिँउसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको छ ।
वर्षाका कारण काठमाडौंको माइतिघर, पुतलीसडक, धोबीखोला करिडोर लगाएतका बिभिन्न स्थानका सडक डुबानमा परेको हो ।
वर्षाका कारण सवैभन्दा बढी व्यस्त रहने माइतिघर सडक डुवानमा परेको छ । माइतिघर क्षेत्रको पुरै सडक डुबान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।
सडक डुबानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केहि स्थानमा केहिबेरको बर्षाले पनि सडक डुबान हुने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

