सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक
सोमबार, चैत २५, २०८१
पछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना
सोमबार, चैत २५, २०८१
रारालगायत मुगुका बिभिन्न पर्यटक क्षेत्रमा घुम्न आउने पर्यटकहरुको शान्ति सुरक्षाका लागि लामो प्रयासपछि पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाही बीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
सोमबार, चैत २५, २०८१
नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।
कोशी प्रदेशमा युरिया मलको अभाव
सोमबार, चैत २५, २०८१
मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तर्गत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्ट-ट्रेडिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं...
सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार : माओवादी
सोमबार, चैत २५, २०८१
तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न समेत पार्टीले माग गरेको छ ।
निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
सोमबार, चैत २५, २०८१
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै
सोमबार, चैत २५, २०८१
‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।
अत्याधिक वायु प्रदूषणले हवाई उडान प्रभावित, व्यवसायी निराश
सोमबार, चैत २५, २०८१
सोमबार बिहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
सोमबार, चैत २५, २०८१
उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, चैत २५, २०८१
नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
मन्त्रिपरिषद्को बैठक बस्दै
सोमबार, चैत २५, २०८१
आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल
सोमबार, चैत २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् ।
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
सोमबार, चैत २५, २०८१
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदै छ।
साताको लोकप्रिय

