एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । शुक्रबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ ०९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय