Harsamaya
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिल कुमार समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update