Harsamaya
कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडमा १९ आना जग्गा खरिद
ललितपुर निवासी अमिरमान अमात्यसँग जग्गा किनबेचको सम्झौता गर्दै कांग्रेस महामन्त्रीद्वय ।

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि १९ आना थप जग्गा खरिद गर्ने सम्झौता गरेको छ । 

केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरेको कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । 

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको हो । 

निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोग मार्फत चुक्ता गरिने मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन्  ।

511934117_1292286572258927_7151519091565513349_n-1751014501.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update