Harsamaya
सुन एकैदिन तोलामा २९ सयले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार एकैदिन सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिललो दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update