हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् ।
ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:१२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)