Harsamaya
हर समय
हर समय
रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति
रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति बाढीबाट हालसम्म नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । जहाँबाट मानिस र सवारी आवागमन बन्द भएको छ । रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ । 
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार  आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ७० कायम...
हिम स्टार ऊर्जाको आईपीओ आज देखि निष्कासनमा
हिम स्टार ऊर्जाको आईपीओ आज देखि निष्कासनमा कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात् ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ जारी गरिसकेको छ ।
संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : दाहाल
संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : दाहाल उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ जना न्यायाधीश  नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ जना न्यायाधीश  नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले  सर्वोच्च अदालतको न्यायाधीशमा  मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेललाइ नियुक्त गरेका छन् ।
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार सुवाको गोसाईंकुण्ड गाउँपालिका -२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै काँग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने भन्दै  त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 
Weather Update