अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली
आइतबार, वैशाख ७, २०८२
प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भइसकेको दाबी गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा
आइतबार, वैशाख ७, २०८२
अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।
कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना
आइतबार, वैशाख ७, २०८२
अर्थ मन्त्रालयमा पटक–पटक समस्या राख्दै आएको भएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम तय गरेको स्थानीय व्यवसायी कौशल साहले बताए ।
राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग
आइतबार, वैशाख ७, २०८२
विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भर्त्सना गर्दछौं ।’
सेयर बजार घट्यो
आइतबार, वैशाख ७, २०८२
नेप्सेका अनुसार आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता कारोबारमा आएको हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.३३ प्रतिशत घटेको छ ।
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं
आइतबार, वैशाख ७, २०८२
उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भागभण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।
पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा
आइतबार, वैशाख ७, २०८२
अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिएका छन् ।
चिसापानी–कुईने सडक एक वर्षभित्र कालोपत्रे गरिसक्ने
आइतबार, वैशाख ७, २०८२
भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो । यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ ।
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन
आइतबार, वैशाख ७, २०८२
उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ । त्यसैलेसरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ...
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा
आइतबार, वैशाख ७, २०८२
सिंहदबारमै प्रदर्शन गर्न थालेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो
आइतबार, वैशाख ७, २०८२
बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।
राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ
आइतबार, वैशाख ७, २०८२
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् ।
तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी
आइतबार, वैशाख ७, २०८२
अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् । भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
साताको लोकप्रिय

