Harsamaya
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
भीषण वर्षासँगैकोरसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

रसुवा - भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवामा गए रातिको बाढीले  नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो ।  योसँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 

उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भएपिन  हालसम्म पुष्टि भने हुन नसकेको बताए । उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update