रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार

काठमाडौं - रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार गरिएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका -२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्रिशूली नदीमा आएको बाढीले नेपाल चीन सिमानामा ठुलो क्षति पुर्याएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय