राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेललाइ नियुक्त गरेका छन् । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम अनुमोदन गरे पछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय