
काठमाडौं - नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार भोटेकोसीस्थित रसुवा-स्याप्रुवेसी जलमापन केन्द्रमा आज बिहान ३ :३० बजे बाढी पुगेको छ ।
त्यसैगरी उक्त बाढी बिहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको छ । बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशुली नदीको बुढी गण्डकी दोभान (बेनिघाट) आसपास सम्म पर्ने देखिएकोले आज दिउँसो सम्मै सतर्कता जरुरी रहेको विभागले जनाएको छ। बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको र संभावित कारणको अध्ययन शुरु गरेको बताएको छ।
आज बिहानको मापन अनुसार कोशी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ।