Harsamaya
अहिलेको संविधान निकै राम्रो - सभापति देउवा (भिडियोसहित)
अहिलेको संविधान निकै राम्रो - सभापति देउवा (भिडियोसहित) त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए । 
कसैलाई संघीयता मन नपरेपनि केही गर्न सकिन्न - सभापति देउवा (भिडियोसहित)
कसैलाई संघीयता मन नपरेपनि केही गर्न सकिन्न - सभापति देउवा (भिडियोसहित) कसैलाई संघीयता मन नपरेपनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे । 
बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड
बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए।
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।
संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौं : देउवा
संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौं : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संविधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन् । 
सरकारले राम्रो काम गरिरहेको छ : देउवा
सरकारले राम्रो काम गरिरहेको छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
आफ्ना मन्त्रीहरूलाई कांग्रेसको निर्देशन - एमालेसँग सहमति अनुसार नै अघि बढ्नु
आफ्ना मन्त्रीहरूलाई कांग्रेसको निर्देशन - एमालेसँग सहमति अनुसार नै अघि बढ्नु बिहीबार बूढानीलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमति अनुसार नै अघि बढ्न निर्देशन दिएका हुन् । बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम...
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित)
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित) कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।
कांग्रेसको उद्योग  विभागमा दश सदस्य मनोनीत
कांग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् ।  पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् । 
तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा
तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् । तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी...
Weather Update