Harsamaya
विशेष महाधिवेशनको काउन्टरमा रणनीति बनाउन संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बस्ने
सभापति शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार बिहान बस्नेगरी केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो। 

सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिए । उनले भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताए । 

‘भोलि साढे १० बजे केन्द्रीय सदस्यमात्रै हामी बस्छौं । शीर्ष नेताहरू कसैलाई पनि बोलाउँदैनौं,’ ती नेताले भने, ‘संस्थापन पक्षबाट जितेका २५ केन्द्रीय सदस्यको समूहलाई पनि बोलाएका छौं ।’ 

छलफल आनन्दभुमी पार्टी प्यालेसमा बस्ने ती नेताले बताए। उनले विशेष महाधिवेशनलाई कसरी काउन्टर दिने भन्ने विषयमा छलफल हुने पनि बताए।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update