Harsamaya
स्वदेश फर्किए देउवा दम्पती
तस्वीर : गोपाल दाहाल/सभापतिको सचिवालय

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।

जेनजी विद्रोहका क्रममा आफ्नै निवासमा मरणासन्न हुने गरी पिटिएका देउवा दम्पती त्यसपश्चात् उपचार गर्न भन्दै सिंगापुर गएका थिए । केही समयको स्वास्थ्य उपचार पश्चात् उनीहरू आज स्वदेश फर्किएका हुन् ।

aarju-1763137065.png
भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा घाइते भएर थप उपचारको लागि सिंगापुर गएका उनीहरू १८ दिनको उपचार  पश्चात् सिंगापुर एयरलाइन्सको जहाजबाट आज स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update