विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाए पनि देउवाले लिन मानेनन् । देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका लागि निम्ता पठाइएको थियो ।
विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन् । पत्र पनि बुझ्न नमानेको साहले जानकारी दिए । कार्यवाहक सभापतिले भने पत्र बुझेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आव्हान गरिएको ।
विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता दिएको छैन ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०८२ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

