समानुपातिक तर्फ हालसम्म रास्वपाले पायो ४९ लाख मत, अरुको दलको कति ?
मंगलबार, फागुन २६, २०८२
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार नेपाली काँग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ ।
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ?
सोमबार, फागुन २५, २०८२
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।
रामेछापमा ढिलो गरी मतगणना सुरु
शुक्रबार, फागुन २२, २०८२
बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ ।
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
शुक्रबार, फागुन २२, २०८२
यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो ।
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता
शुक्रबार, फागुन २२, २०८२
यस्तै भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् भने नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु
शुक्रबार, फागुन २२, २०८२
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।
मत गणना भइरहेको मध्य ३० वटा क्षेत्रमा रास्वपाको अग्रता, पछि लाग्दै पुराना दलहरू
शुक्रबार, फागुन २२, २०८२
झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अगाडि छन्।
चितवन-३ मा रास्वपाकी सोविताको अग्रता
शुक्रबार, फागुन २२, २०८२
मतगणनाको प्रारम्भिक नतिजाअनुसार गौतमले ९सय २५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६सय ७९ मत पाएकी छन् ।
रूपन्देही–२ मा रास्वपाका खरेल अगाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र काँग्रेसका चुन्न प्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्व दीप पाण्डेले ८ मत पाएका छन् ।
चुनावको सुरुवाती नतिजाः रास्वपाको व्यापक अग्रता‚ पछी परे पुराना दलहरु
शुक्रबार, फागुन २२, २०८२
यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् । यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२...
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु
शनिबार, माघ २६, २०८१
बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्को सर्वोच्च अदालत परिसरमा मतदान सम्पन्न भइ मतगणना सुरु भएको हो । उनका अनुसार चारहजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुई सय मतदाता रहेका छन् ।
साताको लोकप्रिय

