Harsamaya
रूपन्देही–२ मा  रास्वपाका खरेल अगाडि

बुटवल - प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २मा  रास्वपाका सुलभ खरेल अघि बढेका छन् । खरेल पूर्व अर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हाबी देखिएका छन् । रास्वपाका खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल ५ सय ४ मत सहित तेस्रो स्थानमा छन् । 

बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र काँग्रेसका चुन्न प्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्व दीप पाण्डेले ८ मत पाएका छन् ।

तिलोत्तमा वडा नं १ मा  रास्वपाका सुलभ खरेलले  २७ सय ८१  मत पाएका छन् । यहाँ विष्णु पौडेलले ६०९ मत पाएका थिए भने नेकपाका विश्वदीपले ३५ मत पाएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update