Harsamaya
मत गणना भइरहेको मध्य ३० वटा क्षेत्रमा रास्वपाको अग्रता, पछि लाग्दै पुराना दलहरू

काठमाडौं- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले व्यापक अग्रता कायम गरेको छ । रास्वपाले गणना भइरहेको ३० सिटमा अग्रता कायम गरेको छ। 

प्रारम्भिक मत परिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन् भने   काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ र  काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० मतसहित अग्रता बनाइरहेका छन्। 

यस्तै काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८,  काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३, काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अघि छन् । 

यसैगि मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५, धनुषा–३ मा मनिष झा ३ हजार ९१४ र रुपन्देही–२ मा सुलभ खरेलले ४ हजार ७२ मतसहित अग्रता बनाएका छन्।

यस्तै चितवन–२ मा रवि लामिछाने २ हजार २५, चितवन–३ मा सोविता गौतम ९२५, कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८, कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ र कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अघि छन्।

यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२, दाङ–१ मा देवराज पाठक १ हजार ५१६, बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ र बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता कायम गरेका छन्।

त्यस्तै झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अगाडि छन्।

ललितपुर–३ मा तोसिमा कार्की ६४८, ललितपुर–२ मा जगदीश खरेल २२८, रौतहट–४ मा गणेश पौडेल ४४३, कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० र कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता बनाइरहेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update